श्रीनगर, 11 अक्टोबर (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले देशको लागि आफ्नो प्राणको आहुति दिने सेनाका वीर हवलदार पलाश घोष र लांस नायक सुजय घोषलाई पुष्पाञ्जली अर्पण गरे। हवलदार पलाश घोष औ लांस नायक सुजय घोष कोकरनागको किश्तवाड़ रेञ्जमा चरम मौसमको मार झेल्दै आतंकवाद विरोधी अभियानमा शहीद भएका थिए।
उपराज्यपालले भने, म हाम्रा सेनाका वीर हवलदार पलाश घोष अनि लांस नायक सुजय घोषको सर्वोच्च शहादतलाई सलाम गर्दछ। राष्ट्र हाम्रा सैनिकहरूको वीरता अनि निस्वार्थ सेवाको लागि सदैव कृतज्ञ रहनेछ। हामी दुःखको यस घड़ीमा आफ्ना शहीद परिवारहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा