धनबाद, 11 अक्टोबर (हि.स.)। जिल्लाको झरिया चार नम्बर ट्याक्सी स्ट्याण्ड नजिकै अवस्थित सयकड़ौं वर्ष पुरानो मंगल चण्डी मन्दिर शनिवार बिहान आगोको चपेटमा पऱ्यो। बिहान मन्दिरमा आगो लागेको घटनाले क्षेत्रमा कोकोहोलो मचायो। त्यसपछि घटनास्थलमा जुटेका स्थानीय मानिसहरूको प्रयासमा आगोलाई नियन्त्रण गरियो।
मन्दिरका पुजारीले बताए, मन्दिरको छेवैमा पूजा समितिको एउटा कार्यालय छ जहाँ प्रचुर मात्रामा कपड़ाहरू राखिएको थियो। भनिन्छ, त्यहीँबाट आगो भेन्टिलेटरको माध्यमबाट मन्दिरसम्म फैलियो।
स्थानीय मानिसहरूले धुवाँ उड़िरहेको देखेर हल्ला-खल्ला गरे। पुलिस र अग्निशमन विभागलाई पनि सूचना दिइयो। तत्कालै झरिया पुलिस घटनास्थलमा आइपुग्यो। तर अग्निशमन विभाग आइपुग्न अगावै स्थानीय मानिसहरूले आगोलाई निभाइसकेका थिए।
आगोले मन्दिर परिसरस्थित बजरंगबली औ भगवान शिवका मन्दिरलाई ठूलो क्षति पुऱ्याएको छ। टाइल्स, बिजुलीको वायरिंग, पंखा, बल्ब तथा मूर्तिहरू पनि आगोको चपेटमा परेका छन्। पुजारीले बताए, यस दुर्घटनामा लगभग दुई-तीन लाख रुपियाँको नोक्सान भएको छ।
यसरी नै नजिकैको दुर्गा भवन रूममा राखिएको डेकोरेटरको तिरपाल, बाँस र कपड़ा जस्ता सामानहरू पनि जलेर खरानी भएको छ। नोक्सानको सठीक मूल्यांकन हाल हुन सकेको छैन। आगलागीको कारण पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा