कामरूप (असम), 11 अक्टोबर (हि.स.)। कामरूप जिल्लान्तर्गत गरैमारी पुलिसले एक जना किशोरीसित बलात्कार गर्ने आरोपीलाई पक्राउ गरेर ठूलो सफलता हासिल गरेको छ। पीड़ित किशोरी चार महिनादेखिको गर्भवती रहेकी छे।
ब्रह्मपुत्र नदीको माझमा अवस्थित गरैमारी पुलिस थानाका एसआई नवजीत डेकाको नेतृत्वमा पुलिस दलले दुई दिनसम्म यन्त्रचालित नौकाको माध्यमबाट अभियान संचालन गरी नाबालिक किशोरीका बलात्कारी आक्राम अलीलाई पक्राउ गऱ्यो। बताइएको छ, किशोरीको शारीरिक शोषण गरेपछि आरोपी अली शुवालकुचीको नदी पुलिस थानान्तर्गत बताहीदिया चर (नदीको माझमा रहेको क्षेत्र)- मा गुप्त रूपमा लुकेर बसेको थियो। गरैमारी पुलिसले गुप्त सूचनाको आधारमा गए राति आरोपी आक्राम अलीलाई पक्राउ गर्नमा सफलता हासिल गऱ्यो। आरोपीलाई गरैमारी पुलिस हिरासतमा राखेर जाँचबुझ गरिरहेको छ।
उल्लेखनीय छ, ऋषि उपाधीधारी एकजना किशोरीलाई नोकर्नीको रूपमा राखेर आरोपी आक्राम अलीले यौन अत्याचार गऱ्यो। किशोरी हाल चार महिनाको गर्भवती छे। यस घटनाको खुलासा हुनसाथ गाउँमा तनाउ फैलिएको छ। किशोरीको परिवारले गरैमाथि थानामा सिकायत दर्ता गरायो। सोही सिकायतको आधारमा पुलिसले भारतीय दण्ड संहिताको धारा 64(2)(एफ)/3(5) अफ बीएनएसआर/डब्ल्यू 6 को पास्को अन्तर्गत 90/25 नम्बरको मामिला दर्ता गरी जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा