आईपीयूको मेडिकल एवं नर्सिंग प्रोग्राममा प्रवेशको लागि पञ्जीकरण 12 अक्टोबरसम्म गर्न सकिने
आईपीयूको मेडिकल एवं नर्सिंग प्रोग्राममा प्रवेशको लागि पञ्जीकरण 12 अक्टोबरसम्म गर्न सकिने


नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)- को मेडिकल प्रोग्राम- एमबीबीएस (कोड 103) एवं नर्सिंग प्रोग्राम- बीएससी (अनर्स) नर्सिंग(कोड 115)-मा प्रवेश हेतू तेस्रो चरणको काउन्सिलिंगको निम्ति 12 अक्टोबरसम्म आनलाइन पञ्जीकरण गर्न सकिन्छ।

यी प्रोग्राममा प्रवेशको लागि 25 सय रुपियाँ आवेदन शुल्कको रूपमा जमा गरेर पञ्जीकरण गरिसकेका उम्मेद्वारहरूले यी प्रोग्रामको लागि भरेका फारममा रीजन, क्याटेगरी, ऱ्यांक इत्यादिसित सम्बन्धित संशोधन पनि 12 अक्टोबरसम्म गर्न सक्नेछन्।

यस अवधि नीट यूजीको ऱ्यांक कार्ड, शैक्षणिक प्रमाण पत्र, आरक्षणसित सम्बन्धित प्रमाण पत्र इत्यादि पनि भरेको फारमसितै 12 अक्टोबरसम्म अपलोड गर्न सकिन्छ। 12 अक्टोबरसम्ममा यी दुवै प्रोग्रामको लागि विकल्प चयन पनि गर्न सकिन्छ। यी दुवै प्रोग्राममा प्रवेशको लागि आयोजित यस तेस्रो अनलाइन काउन्सिलिंगको परिणाम 13 अक्टोबरमा घोषणा गरिनेछ। काउन्सिलिंगको परिणाम घोषणा भएपछि शेड्युल विश्वविद्यालयको वेबसाइटमा उपलब्ध रहने छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande