लाखौं रुपियाँको बर्मेली सुपारी सहित तीन तस्कर पक्राउ
लाखौं रुपियाँको बर्मेली सुपारी सहित तीन तस्कर पक्राउ


चराईदेव (असम), 11 अक्टोबर (हि.स.)। चराईदेव जिल्ला मुख्यालय शहर सोनारीबाट पुलिसले लाखौं रुपियाँको अवैध रूपमा ल्याइएको बर्मेली (म्यान्मार) सुपारी जफत गऱ्यो। सोनारी पुलिसले चार टन बर्मेली सुपारी लादिएको वाहनलाई जफत गर्नको साथै तीनजना तस्करहरूलाई पनि पक्राउ गरेको छ।

सोनारी पुलिसले शनिवार बतायो, राज्यका सीमावर्ती क्षेत्रमा सक्रिय बर्मेली सुपारीको सिन्डिकेटमाथि लगातार निगरानी राखिँदैछ। पुलिसको आँखामा धुलो हालेर ट्रक मार्फ बर्मेली सुपारी आपूर्ति गर्ने प्रयास गरिरहेको समय असम-नागाल्याण्ड मार्गमा सोनारी पुलिसले ट्रक (एएस-28एसी-0916)-लाई जफत गऱ्यो। पुलिसले सुपारी तस्करहरूलाई पनि पक्राउ गऱ्यो। ट्रकबाट लगभग चार टन बर्मेली सुपारीको खेपलाई समातिएको छ जसको मूल्य लाखौं रुपियाँ रहेको अनुमान लगाइएको छ।

पक्रा पर्ने तस्करहरूको पहिचान बरपेटा जिल्ला निवासी छबी इस्लाम र मैदुल इस्लाम अनि अर्को एकजना व्यक्तिको रूपमा भएको ह। मणिपुरदेखि बरपेटा आपूर्ति गर्ने क्रममा पुलिसले सुपारीसितै यी तीन तस्करहरूलाई पक्राउ गरेको हो। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande