कोलकाता, 11 अक्टोबर (हि.स.)। उत्तर बंगालमा लगातार परेको मूसलाधार पानी अनि पैह्रोले दार्जीलिङका चिया बगानहरूलाई व्यापक क्षति पुऱ्याएको छ। यहाँका केही भागहरूमा बगानको आन्तरिक सड़क, बिजुली तथा जलापूर्ति व्यवस्थालाई समेत पूर्ण रूपले प्रभावित पारेको छ। यस्तो विनाशपछि दार्जीलिङका चिया बगान मालिकहरू अब राज्य सरकारसित सहयोग माग्ने तारीमा छन् ताकि बगानको बुनियादी ढाँचा अनि सञ्चार व्यवस्थालाई बहाल गर्न सकियोस् साथै भविष्यको उत्पादन प्रभावित नहोस्।
जानकारी अनुसार दार्जीलिङका लगभग 30-35 वटा चिया बगानहरू भारी वर्षा तथा पैह्रोबाट प्रभावित भएका छन्। केही ठाउँमा चियाका बुट्टाहरू सममेत पैह्रोले सोहोरेर लगेको छ, श्रमिकहरूको घरलाई पूर्ण रूपले नष्ट गरिदिएको छ साथै यस आपदामा श्रमिकहरूको ज्यान समेत गएको छ।
दार्जीलिङ टी एसोसिएशन (डीटीए)- को बैठकमा राज्य सरकारसित सहायता माग्ने निर्णय लिइएको छ। संगठनका वरिष्ठ सदस्य तथा चामोंग टीका चेयरम्यान अशोक लोहियाले बताए, घना वर्षाले बगानभित्रका सड़कहरूलाई गम्भीर क्षति पुऱ्याएको छ।
डीटीएका प्रधान सल्लाहकार सन्दीप मुखर्जीले भने, “हामीले यो तय गरेका छौं कि राज्य सरकारसित बगानहरूको सड़क, पिउने पानी तथा बिजुली जस्ता आधारभूत सुविधाहरूको पुनर्निर्माणको निम्ति सहायता मागिने छ ताकि कामकाज सुचारू रूपमा अगाड़ि बढ़्न सकोस्।”
दार्जीलिङका चिया उत्पादक कम्पनीहरूको लागि यो नोक्सान अझ ठूलो झट्का हो, किनभने शरद ऋतुको फसल जुन वर्षभरिको उत्पादनको लगभग 15-20 प्रतिशत हुन्छ, यसपालि पूर्ण रूपले प्रभावित भएकोछ। पछिल्लो वर्ष दार्जीलिङको सुगन्धित चियाको उत्पादन 6 मिलियन किलोग्रामभन्दा तल भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा