बाक्सा (असम), 11 अक्टोबर (हि.स.)। बाक्सा जिल्लान्तर्गत रंगापानीमा गए अबेर राती बुलेट बाइक र चारचक्के वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान बुलेटमा भएर गइरहेका रंगापानीका मिराज बसुमतारी (23) अनि पूर्व कमारदैचार निवासी बिरफुंग ब्रह्म (22)- को रूपमा भएको छ।
पुलिसले आज बताएको छ, मृतक युवक बिरफुंग कोकराझार सरकारी कलेजका विद्यार्थी थिए भने मिराज पेशाले हजाम थिए। दुवैै नै हिजो राती बाक्साको शिमलामा लक्ष्मी पूजा हेर्न गइरहेका थिए। यसै अवधि यो दुर्घटना भयो। राती नै घटनास्थला पुगेको शिमला पुलिसले घटनाको जाँच शुरू गऱ्यो।
ज्ञात रहोस्, यस स्थानमा पहिला पनि धेरैवटा भयानक दुर्घटनाहरू भइसकेका छन्। यसबीच मृत युवकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि बाक्सा जिल्ला सदर अस्पताल मुसलपुरमा पठाइएको छ। युवकहरूको असामयिक मृत्युले उनीहरूको घर परिवार मात्र नभएर सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुर्घटनाको लागि जिम्मेवार वाहनलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा