नगाउँको कठियातलीमा सड़क दुर्घटनामा परी महिलाको मृत्यु
नगाउँको कठियातलीमा सड़क दुर्घटनामा परी महिलाको मृत्यु


नगाउँ (असम), 11 अक्टोबर (हि.स.)। नगाउंँ जिल्लाको कठियातलीमा भएको भयावह सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो।प्राप्त जानकारी अनुसार बितेको राती द्रूत गतिको ट्रकले ठक्कर दिएको कारणले बाटोमा हिँड़िरहेकी एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। यो दुर्घटना गए राती कठियातलीको राष्ट्रिय राजमार्ग-36मा भएको हो। मृतक महिलाको पहिचान शनिवार बिहानसम्म पनि हुन सकेको थिएन।

पुलिस सूत्रले आज बताएको छ, दिनभरि भिक्षा मागेर राती घर फर्किरहेकी महिला यस दुर्घटनाको शिकार भएकी छन्। यी महिलालाई ट्रक (एएएस-31सी-1091)-ले ठक्कर दिएको हो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। यस सन्दर्भमा पुलिसले असामान्य मृत्युको मामिला दर्ता गरेको छ। पुलिसले मृत महिलाको पहिचान खोलाउनको लागि सबै आवश्यक पहल गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande