सोनादा, 11 अक्टोबर (हि.स.)। टुंग सन्त मेरिज समष्टिको विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरुले निरीक्षण गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त निरीक्षण अवधि भागोप्रमो केन्द्रिय समिति मूल सचिव तथा जीटीएको सल्लाहकार अमर लामा, समष्टि अन्तर्गत तीनैवटा ग्राम पञ्चायतका प्रधानहरू, उप-प्रधानहरू, सदस्यहरू लगायत समष्टिका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ।
भ्रमण टोलीले टुंग, दिलाराम, दिलाराम चियाबारी, दिलाराम चियाबारीको भोटे गाउँ आदि क्षेत्रको स्थलगत भ्रमण गरेका छन्। यसै क्रममा मार्गरेट्स होप, बेलटार गाउँ, बाँसघारी गाउँ, बघैंचाटार र सन्तमेरिज गाउँको पनि स्थलगत भ्रमण गरिएको छ। उक्त पैह्रोग्रस्त क्षेत्रहरुको निरीक्षण जीटीएको प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक