जॉंच पूरा नभएसम्म सिक्किम स्किल्स युनिभर्सिटीको सञ्चालनमा रोक लगाउनुपर्ने सीएपीको माग
जॉंच पूरा नभएसम्म सिक्किम स्किल्स युनिभर्सिटीको सञ्चालनमा रोक लगाउनुपर्ने सीएपीको माग


गान्तोक, 11 अक्टोबर (हि.स.)। सिक्किम स्किल्स युनिभर्सिटी विरुद्ध गम्भीर शिकायत लगायत विश्वविद्यालय अनुदान आयोग र भारत सरकारको शिक्षा मन्त्रालयले जॉंच शुरू गरे तापनि एसकेएम सरकारले यस संस्थानलाई दक्षिण सिक्किमको नामथाङमा सञ्चालन गर्ने अनुमति दिएकोमा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ।

सीएपी प्रवक्ता अर्ल्बट गुरुङले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, 1 अप्रेल, 2025 र 16 सेप्टेम्बर, 2025 मा युजीसी र शिक्षा मन्त्रालय (आईसीआर डिभिजन) बाट प्राप्त आधिकारिक दस्तावेजहरूले सिक्किम स्किल्स युनिभर्सिटीलाई युजीसी नियमहरू उल्लङ्घन गरेको र एसियन इन्टरनेशनल युनिभर्सिटी, मणिपुरसँगको सहकार्यमा डिग्री र मार्कसिटको कथित बिक्री सहित धोखाधड़ी गतिविधिहरूमा संलग्न भएको राष्ट्रिय स्तरको शिकायतमा नाम उल्लेख रहेको स्पष्ट पार्छ।

शंकास्पद व्यक्तिहरूद्वारा सञ्चालित यस्तो विश्वविद्यालय स्वतन्त्र रूपमा सञ्चालन भइरहॅंदा पनि एसकेएम सरकार मौन र निष्क्रिय रहनु लज्जास्पद कुरा रहेको सीएपीले बताएको छ। यसले सरकारको लापरवाही, छानबिनको अभाव र सिक्किमको शिक्षा क्षेत्रको विश्वसनीयतालाई जोगाउन पूर्ण रूपमा विफल बनेको तथ्यलाई उजागर गर्दछ भनी सीएपीले आरोप पनि लगाएको छ।

सीएपीले जॉंच पूरा नभएसम्म सिक्किम स्किल्स युनिभर्सिटीको सञ्चालनमाथि रोक लगाउनु पर्ने, विश्वविद्यालयको स्वीकृति र अनुमति पत्र सम्बन्धी सिक्किम सरकारबाट पारदर्शिता र सिक्किमको छवि बिगार्ने र विद्यार्थीहरूलाई हानि पुर्‍याउने यस्ता जालसाजीपूर्ण अभ्यासहरूलाई अनुमति दिएकोमा मुख्यमन्त्री र शिक्षा विभाग जवाफदेही हुनुपर्ने माग गरेको छ। सीएपीले शासनमा न्याय, निष्ठा र जवाफदेहिता कायम राख्ने आफ्नो लक्ष्यमा पार्टी दृढ रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande