विवाहिताको कुर्सीमा भेटियो शव, ससुराली पक्षमाथि हत्याको आरोप
विवाहिताको कुर्सीमा भेटियो शव, ससुराली पक्षमाथि हत्याको आरोप


फिरोजाबाद, 11 अक्टोबर (हि.स.)। जिल्लामा थाना टून्डला क्षेत्र अन्तर्गत शनिवार एक महिलाको शव संदिग्ध परिस्थितिमा कुर्सीमा भेटिएको छ। उसको गलामा निशान छ। मृतकाले दुई वर्ष पहिले लव मेरिज गरेकी थिइन्। माइता पक्षले पति र ससुरालीमाथि हत्याको आरोप लगाएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।

क्षेत्राधिकारी टून्डला अमरीश कुमारले बताए, थाना टून्डला क्षेत्रको गाउँ बसई निवासी सपना (30) पत्नी सोनू कुशवाहको शव आज बिहान कुर्सीमा भेटियो। उसको संदिग्ध परिस्थितिहरूमा मृत्यु भएको छ। सूचना पाउनसाथ थानादार अंजीश कुमार पुलिस टीमको साथ घटनास्थलमा पुगे। पुलिसले मृतकाको शवलाई आफ्नो कब्जामा लिएको छ। यसको जानकारी पाउनसाथ मृतकाको मायता पक्ष पनि घटनास्थलमा पुग्यो, उनीहरूले यसलाई आत्महत्या मान्न अस्वीकार गर्दै भाई संजय सिंहले भेना सोनू र उसको परिवारमाथि कुटपिट तथा हत्याको आऱोप लगाएका छन्।

सीओले बताए, भाई संजय सिंहको भनाई छ, उसकी बहिनी दलित जातिकी थिइ तथा उसले दुई वर्ष अगाड़ी सोनू कुशवाहसित प्रेम विवाह गरेकी थिइ। पुलिसले घटनास्थलको निरीक्षण गरी जाँच शुरू गरेको छ। शवलाई पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल पठाइएको छ। अहिले आत्महत्या र हत्या दुवै पहलुले मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande