पत्नीको हत्या गरी थाना पुग्यो पति
पत्नीको हत्या गरी थाना पुग्यो पति


पश्चिम बर्दवान, 11 अक्टोबर (हि.स.)। दुर्गापुरमा एक गृहशिक्षकले आफ्नी पत्नीको हत्या गरेपछि थाना पुगेर आत्मसमर्पण गऱ्यो। मृत महिलाको पहिचान मुकुल करको रूपमा गरिएको छ जबकि आऱोपीको नाम दुर्गादास कर हो, जसलाई पुलिसले पक्राउ गरेको छ। पुलिस र स्थानीय सूत्रहरू अनुसार, दुर्गापुरको धोबीघाट क्षेत्रमा यो दम्पत्ति एक घरमा बस्थे।

शुक्रवार राति पति-पत्नीबीच कुनै कुरालाई लिएर झगड़ा भयो। पेशामा गृहशिक्षक दुर्गादास करले झगड़ामा रीसमा आएर धारिलो हतियारले आफ्नी पत्नी मुकुलमाथि हमला गऱ्यो, जसबाट उसको घटनास्थलमै मृत्यु भयो। हत्या भएपछि अबेर राति दुर्गादास सीधा थाना पुग्यो र पुलिस सामू आफ्नी पत्नीको हत्या गरेको कुरा स्वीकार गरेर आत्मसमर्पण गऱ्यो। पहिले त पुलिसकर्मी र अधिकारी हैरान रहे तर पछि आरोपीलाई साथमा लिएर जब पुलिस घटनास्थलमा पुग्यो तब कमराभित्र मुकुल करको शव देख्यो।

घटनाको जानकारी पाउनसाथ क्षेत्रमा खैलाबैला मच्चियो। शनिवार पुलिसले बतायो, शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ र आऱोपीसित प्रारम्भिक सोधपुछ जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande