जलपाइग़ढ़ी, 11 अक्टोबर (हि.स.)। राजगंज थाना पुलिसले एक नाबालिग केटीसित दुष्कर्म गरेको आरोपमा एक बुजुर्गलाई पक्राउ गरेको छ। पक्रा परेको आऱोपीको नाम राजगंज थाना क्षेत्र निवासी डालिम मोहम्मद (61) बताइएको छ।
पुलिस सूत्रहरू अनुसार, राजगंज थाना क्षेत्र निवासी 13 वर्षीय नाबालिग केटी गत केही समयदेखि शारीरिक रूपमा बिमार थिइ। शुक्रवार जब उसलाई राजगंज ग्रामीण अस्पताल लगियो तब चिकित्सकहरूले उलाई गर्भवती बताए। यसपछि नाबालिग केटीले पूरा घटना आफ्ना परिजनहरूलाई बताइ।
कथित रूपमा आरोप छ कि केही महिना पहिले क्षेत्रको एक बुजुर्गले नाबालिग केटीसित बलजफ्ती बलात्कार गरेका थिए। यसपछि परिवारको तर्फबाट थानामा लिखित शिकायत दर्ता गराइय़ो। पुलिसले जाँच गऱ्यो र बुजुर्ग व्यक्तिलाई पक्राउ गऱ्यो। आरोपी विरूद्ध विशिष्ट धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। ऱाजगंज थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी