इटानगर, 11 अक्टोबर (हि.स.)। अरुणाचल प्रेदशका मुख्यमन्त्री पेमा खाण्डुले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको कृषि, पशुपालन, मत्स्य पालन तथा खाद्य प्रसंस्करण क्षेत्रमा 1,100 भन्दा अधिक नयाँ परियोजनाहरूसँगसँगै पीएम धन-धान्य कृषि योजना औ दालमा आत्मनिर्भरता मिशन सहित 42,000 करोड़भन्दा अधिक मूल्यका कृषि परियोजनाहरूको शुभारम्भ कार्यक्रममा भर्चुअली भाग लिए।
यस अवसरमा बोल्दै खाण्डुले भने, पीएम मोदीद्वारा शुरू गरिएको 42,000 करोड़भन्दा अधिक मूल्यका कृषि परियोजनाहरूबाट अरूणाचल प्रदेश सहित सम्पूर्ण देशलाई लाभ हुनेछ। यो मोड्युल राज्यमा धेरै प्रभावशाली हुनेछ।
धन-धान्य मठ्च एक अभिसरण मोडल हो जसलाई विभिन्न क्षेत्रका केही योजनाहरूलाई एक समन्वित ढाँचामा एकीकृत गर्नको लागि डिजाइन गरिएको छ जसबाट जिल्लालाई चुनौतीहरूको पहिचान गर्ने तथा सामूहिक रूपमा समाधानहरूलाई लागू गर्नमा मद्दत पुग्नेछ।
अंजा जिल्लालाई राज्यले धन-धान्य अभिसरण मोडलको लागि अग्रणी रूपमा चयन गरिएको छ।यस मोडललाई सबै जिल्लामा लागू गर्ने योजना पनि छ जसबाट अरूणाचल प्रदेशमा कृषिको विकासको लागि एउटा नयाँ मानदण्ड स्थापना हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अनलाइन लाइभ कार्यक्रमको शुभारम्भ गरे जसलाई मुख्यमन्त्री खाण्डु सहित केही मन्त्रीहरू, अधिकारीगण तथा गण्यमान्य व्यक्तिहरूले हेरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा