गान्तोक, 11 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज आभासी रूपमा पीएम धन धान्य कृषि योजनाको शुभारम्भ तथा भारत सरकारका विभिन्न महत्वपूर्ण योजनाहरू र परियोजनाहरूको उद्घाटन एवं शिलान्यास कार्यक्रममा सहभागी बने। उक्त योजना र परियोजनाहरूको उद्घाटन एवं शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्री मोदीले कृषि आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ध्वजवाहक योजना प्रधानमन्त्री धन धान्य कृषि योजनाको औपचारिक शुरुवात गरे। यसका साथै, भारतको दाल उत्पादनलाई सुदृढ पार्न र आयातमा निर्भरता कम गर्न दालमा आत्मनिर्भरताको लागि छ वर्षे अभियानको अनावरण गरियो।
यस अतिरिक्त, प्रधानमन्त्रीले कृषि पूर्वाधार कोष, पशुपालन र खाद्य प्रशोधन उद्योग अन्तर्गत राष्ट्रप्रति समर्पित विभिन्न परियोजनाहरूको पनि उद्घाटन गरे, जसले ग्रामीण र कृषि विकासतर्फ एक व्यापक दृष्टिकोणलाई संकेत गर्दछ।
कार्यक्रममा प्रधानमन्त्रीले प्राकृतिक कृषि खेती, मैत्री प्राविधिकहरू, प्राथमिक कृषि सहकारी संस्थाहरू जुन सफलतापूर्वक प्रधानमन्त्री किसान समृद्धि केन्द्रहरूमा परिणत भएका छन् र साझा सेवा केन्द्रहरूलाई प्रमाणपत्र पनि प्रदान गरे। यस अवसरमा महत्वपूर्ण उपलब्धीहरूको खुशी पनि मनाइयो, जसले भारतको कृषि पारिस्थितिकी तन्त्रलाई बलियो बनाउन र देशव्यापीरूपमा ग्रामीण समुदायहरूलाई सशक्त बनाउने दिशामा केन्द्र सरकारको निरन्तर प्रतिबद्धतालाई दर्साउॅंछ।
कार्यक्रममा मुख्यमन्त्रीको साथमा कृषि मन्त्री पूरण गुरुङ, क्याबिनेट सचिव वीबी पाठक, मुख्य सचिव आर. तेलाङ र विभिन्न विभागका प्रमुखहरू पनि सहभागी बनेको जानकारी सीएमओले गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल