सोनादा पुलिसद्वारा ड्रग्स तस्कर पक्राउ
सोनादा पुलिसद्वारा ड्रग्स तस्कर पक्राउ


सोनादा, 11 अक्टोबर (हि.स.)। गत केही दिन अगाडी एकजना ड्रग्स सेवन गर्ने युवालाई पुलिसले पक्राउ गरेको थियो। पक्रा परेका युवकले दिएको जानकारीको आधारमा हिजो राति सोनादा पुलिस आउट पोस्टका प्रभारी योगेस ठकुरीको अगुवाईमा ड्रग्स तस्करलाई सिलगढीबाट पक्राउ गरिएको छ।

पक्रा पर्ने उक्त आरोपीको नाम साहिल रहेको र उनी मतिगढाको विश्वास कोलोनी निवासी रहेको जानकारी पुलिसले दिएको छ। उक्त ड्रग्स तस्कर युवक विरुद्ध एनडीपीएस एक्ट अनुसार मामिला दर्ता गरि आज कोर्टमा पेश गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande