भाजपा नेताको घरमा दोस्रो पल्ट चोरी, लाखौंको गहना चोरियो
भाजपा नेताको घरमा दोस्रो पल्ट चोरी, लाखौंको गहना चोरियो


मीरजापुर, 11 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मीरजापुरमा जिगना थाना क्षेत्रको रन्नोपट्टी गाउँमा शुक्रवार राति अज्ञात चोरहरूले भाजपा नेताको घऱबाट लाखौं रूपियाँको गहना र मूल्यवान समान चोरी गरे। घटनाबाट क्षेत्रमा सनसनी फैलियो।

जानकारी अनुसार, रन्नोपट्टी निवासी सुजीत मोदनवाल, जो भाजपा छानबे मन्डलका अध्यक्ष हुन्, मरीजापुर-प्रय़ागराज मार्गको किनारमा बनेको दुई तले घरमा आफ्नो परिवारको साथ बस्छन्। गए राति चोर घरको पछाड़ीबाट भित्र पस्यो र दोस्रो तलामा बनेको कमराको ताला तोड़े। सन्दूकमा लुगामुनि राखेको सुन-चांदीको गहना र अन्य मूल्यवान वस्तु लिएर चोरहरू भागे।

बिहान जब परिवारका सदस्यहरूले कमराको फुटेको ताला देखे तब उनीहरूको होश उड्यो। कमरा अस्त-व्यस्त थियो र समान छर्रिएको थियो। घर मालिकले बताए, यस अघिपनि 12 दिसम्बर 2023 मा बिहे समारोहमा उनको घरमा ढाईदेखि तीन लाख रूपियाँको गहना चोरी भएको थियो, जसको खुलासा अहिलेसम्म हुन सकेको छैन।

घटनाको जानकारी पाउनसाथ थाना प्रभारी संजय सिंह पुलिस टीमको साथ घटनास्थलमा पुग्यो र जाँच शुरू गऱ्यो। उनले बताए, चोरीको घटनाको जाँच जारी छ र छिट्टै नै मामिलाको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande