कछार (असम), 11 अक्टोबर (हि.स.)। असम साहित्य सभाको तेस्रो कार्य निर्वाहक पूर्ण सत्र आजदेखि कछार जिल्ला मुख्यालय शहर सिलचरमा दुई दिवसीय कार्यक्रमको साथमा आरम्भ भएको छ। यस पूर्ण सत्रको आयोजन सिलचरस्थित बंग भवनमा गरिएको छ।
साहित्य सभा, सिलचर शाखाको कार्यालय प्रांगणमा शनिवार बिहान ध्वजारोहण गरिएपछि यस सत्रको शुभारम्भ गरिएको थियो। असम साहित्य सभाका वरिष्ठ सदस्यहरूको उपस्थितिमा कछार जिल्ला साहित्य सभाका अध्यक्ष डा. योगेश्वर बर्मनले झण्डा उत्तोलन गरे।
कार्यक्रममा असम साहित्यका प्रधान सचिव देवजीत बोरा सहित पर्याप्त संख्यामा विषय विशेषज्ञहरू उपस्थित थिए। उल्लेखनीय छ, राज्यमा असम साहित्य सभाले स्थानीय संस्कृति औसभ्यतालाई संरक्षण गर्नमा विशेष योगदान दिँदै आइरहेको छ। यसप्रति राज्यका मानिसहरूको विशेष लगाउ देख्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा