- परिस्थिति बुझ्नको लागि प्रतिनिधि टोली सिंगापुर जानेछ
गुवाहाटी (असम), 12 अक्टोबर (हि.स.)। असम साहित्य सभाले प्रसिद्ध गायक जुबिन गर्गको मृत्युको परिस्थितिको स्वतन्त्र जाँच गर्ने निर्णय लिएको छ।
सभाका अध्यक्ष डा. बसन्त कुमार गोस्वामीले उक्त आशयको घोषणा गर्दै भने, साहित्य सभाको एक प्रतिनिधिमण्डल सिंगापुर जानेछ ताकि घटनाको वास्तविक स्थितिको बारेमा पत्तो लगाउन सकियोस्।
डा. गोस्वामीले भने, जुबिन गर्ग असमका सांस्कृतिक प्रतीक मात्र थिएनन् जबकि राज्यको कला अनि सामाजिक जीवनको आत्मा पनि थिए। त्यसैले उनको असामयिक मृत्युको वास्तविकतालाई सामु ल्याउनु साहित्य सभाको जिम्मेवारी हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा