राहुल गान्धी आउनु अघि हरियाणाका डीजीपी बिदामा पठाइए
राहुल गान्धी आउनु अघि हरियाणाका डीजीपी बिदामा पठाइए


चण्डीगढ, 14 अक्टोबर (हि.स.)।

हरियाणा सरकारले आईपीएस वाई पूरन कुमार आत्महत्या प्रकरणमा विवादमा परेका राज्यका पुलिस महानिर्देशक (डीजीपी) शत्रुजीत कपूरलाई बिदामा पठाएको छ। सरकारले यो आदेश सोमबार मध्यरात लगभग एक बजे जारी गरेको हो। यसअघि सरकारले रोहतकका एसपी नरेन्द्र बिजरानियाको सरुवा गरिसकेको थियो।

वाई पूरन कुमारकी पत्नी, आईएएस अधिकारी अमनीत पी. कुमार, उनका साला र विधायक अमित रतन कोटफत्ता, साथै धेरै दलित संगठनहरूले डीजीपी र एसपीलाई पक्राउ गरी निलम्बन गर्न माग गर्दै आएका थिए।

यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीको अक्टोबर १७ मा सोनीपतको राईमा हुने भनिएको ‘जन विश्वास–जन विकास र्‍याली’ स्थगित गरिएको छ।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र केन्द्रिय खाद्य प्रशोधन तथा उद्योग मन्त्री चिराग पासवान मंगलबार चण्डीगढमा वाई पूरन कुमारका परिवारलाई भेट्न आउने भएका छन्। यसअघि नै सरकारले यो ठूलो निर्णय लिएको हो।

अब वाई पूरन कुमारको पोस्टमार्टम र अन्त्येष्टि सम्बन्धी निर्णयमा सबैको नजर छ। नयाँ परिस्थितिमा आजै उनको पोस्टमार्टम हुने सम्भावना रहेको छ।

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande