नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीले बुधवार चार राज्यहरूको 5 सीटमा हुने विधानसभा उपचुनाउको निम्ति उम्मेदवारहरूको सूची जारी गरेको छ। यसमा एक मुस्लिम अनुहार पनि सामेल छ।
भाजपाले चार राज्यको पाँच सीटमा हुने उपचुनाउको निम्ति उम्मेदवारहरूको घोषणा गरेको छ। बुधवार भाजपा महासचिव अरूण सिंहको तर्फबाट जारी गरिएको जानकारी अनुसार, भाजपाले झारखण्डको घाटशिला (एसटी) सुरक्षित सीटबाट बाबूलाल सोरेन, जम्मू-कश्मीरको बडगाम सीटबाट आगा सैयद मोहसिन र नगरोटाबाट देवयानी राणालाई उम्मेदवार बनाएको छ। जबकि ओडिशाको नुआपाड़ा सीटबाट जय ढोलकिया र तेलंगानाको जुबली हिल्स सीटबाट लंकाला दीपक रेड्डीलाई उम्मेद्वार बनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी