'महाभारत' मा कर्ण बनेर चर्चामा आएका अभिनेता पंकज धीरको निधन
धीर


मुम्बई, 15 अक्टोबर (हि.स.)। मनोरञ्जन जगतबाट एकदमै दुःखद खबर आएको छ। लोकप्रिय टीवी अभिनेता पंकज धीर, जसले दूरदर्शनको एतिहासिक धारावाहिक 'महाभारत' मा कर्णको यादगार भूमिका निभाएऱ दर्शकहरूको मनमा खासै ठाउँ बनाएका थिए, अब हामीबीच रहेनन्। 68 वर्षीय अभिनेताले बुधवार बिहान लगभग 11.30 बजी अन्तिम सास लिए। उनको निधनको खबरले पूरा इन्डस्ट्री र उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ।

रिपोर्ट्स अनुसार, पंकज धीर गत केही समयदेखि गम्भीर रूपमा बिरामी थिए। यही साल मार्चमा उनी अस्वस्थ भएपछि उनलाई अस्पतालमा भर्ती गराइएको थियो। यद्यपि, परिवारको तर्फबाट त्यस समय उनको स्वास्थ्यलाई लिएर कुनै आधिकारिक बयान दिइएन।

पंकज धीरको निधनको पुष्टि उनका निकटतम साथी एवं 'महाभारत' मा अर्जुनको भूमिका निभाउने फिरोज खानले गरे। उनले मीडियासित बातचीतमा भने, यो सत्य हो कि पंकज अब हामीबीच रहेनन्। मैले आफ्नो निकटतम साथी गुमाएको छु। उनी न केवल एक उत्कृष्ट कलाकार थिए तर त्यसभन्दा अधिक एक शानदार मान्छे पनि थिए। म गहिरो सदमामा छु र केही भन्नु, शब्द नै छैन। उनी साँच्चैमा एक अद्भुत व्यक्ति थिए।

पंकज धीरले आफ्नो लामो करियरमा टीवी र फिल्महरू दुवैमा गहकिलो भूमिका निभाए। 'महाभारत' मा कर्णको रूपमा उनको भावनात्मक र तीव्र अभिनय क्षमताले उनलाई घर-घरमा विख्यात बनाएको थियो। यस बाहेक उनले 'बर्डर', 'बाहुबली: द बिगिनिंग' (हिन्दी डब वर्जनमा वोइस), 'सन अफ सरदार' र 'कर्मयोग' जस्ता धेरै फिल्महरूमा अहम भूमिकाहरू निभाए।

टीवी जगतमा पनि उनको योगदान अमेट रहेको छ। उनले 'चन्द्रकान्ता', 'बेताल पचीसी', 'बनू मैं तेरी दुल्हन', 'कयामत' र 'देवों के देव महादेव' जस्ता धेरै लोकप्रिय शो- मा काम गरे। उनको गहिरो आवाज र प्रभावशाली स्क्रीन प्रेजेन्सले उनलाई एक छुट्टै पहिचान दिलायो। पंकज धीरको परिवारमा उनकी पत्नी र अभिनेता छोरा निखिल धीर छऩ्, जो बलीवुड फिल्महरू 'रेडी', 'शूटआउट एट वडाला' र 'शेरशाह' मा नजर आइसकेका छन्।

उनको निधनको खबर सुनेर इन्डस्ट्रीका तमाम सिताराहरूले सोशल मीडियामा शोक व्यक्त गरिरहेका छऩ्। सबैले आ-आफ्नो अन्दाजमा यस महान कलाकारलाई श्रद्धाञ्जलि दिइरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande