नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। रेल मन्त्री अश्विनी वैष्णवले बुधवार राजधानीको भारत मण्डपममा एशियाको सबैभन्दा ठूलो रेलवे र परिवहन प्रदर्शनी-16औं अन्तरराष्ट्रिय रेलवे उपकरण प्रदर्शनी (आईआरईई 2025) को उद्घाटन गरे। यो तीन दिवसीय प्रदर्शनी 17 अक्टोबरसम्म दर्शकहरूका लागि खुल्ला रहनेछ। आयोजनको मुख्य उद्देश्य रेलवे क्षेत्रमा नवाचार, आधुनिकीकरण र आत्मनिर्भरतालाई प्रोत्साहित गर्नु हो।
यस अवसरमा सीआईआई (भारतीय उद्योग परिसंघ) र गति शक्ति विश्वविद्यालयबीच कौशल विकास र नवाचारलाई प्रोत्साहन दिन एक समझौता ज्ञापन (एमओयू) मा हस्ताक्षर गरियो। यस बाहेक सीआईआई र एशियाई विकास ब्याङ्क (एडीबी) ले संयुक्त रूपमा “अन द राइट ट्रैक” शीर्षकले एक रिपोर्ट जारी गऱ्यो, जसमा भारतीय रेलवेमा भइऱहेका परिवर्तन र विकासको दिशामाथि प्रकाश पारिएको छ।
रेल मन्त्री वैष्णवले प्रदर्शनीको उद्घाटन सत्रमा भने, आईआरईई, भारतीय रेलवेको निम्ति एक एतिहासिक अवसर हो, जसमा लगभग 15 देशका उपकरण निर्माता र भारी संख्यामा एमएसएमई एकाइहरूले भाग लिइरहेका छन्। यो समय हो जब हामीले आफ्नो उपकरणहरूको गुणवत्ता, रेलवेको आधुनिकीकरण र नयाँ तकनीकहरूको प्रयोगमाथि गम्भीरताले पुनर्विचार गर्नुपर्नेछ।
उनले बताए, गत 11 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रेलवेको क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ। अहिलेसम्म 35,000 किलोमीटर नयाँ लीक फिजाइएको छ। देशमा 156 वन्दे भारत एक्सप्रेस, 30 अमृत भारत र 4 नमो भारत ट्रेनहरू चलिरहेको छ, जुन यात्रीहरूबीच अत्यधिक लोकप्रिय छन्। वर्तमानमा भारतीय रेलवेले प्रतिवर्ष लगभग 7,000 कोच तयार गरिरहेको छ।
रेल मन्त्रीले रेलवेको लामो दूरीका ट्रेनहरूका लागि पुश-पुल तकनीक अपनाउने दिशामा पनि जोड दियो। उनले बताए, भारतमा लगभग 2,500 देखि 3,000 किलोमीटर लामो यात्राको निम्ति यो तकनीक अत्यन्त उपयोगी हुनेछ। आउने वर्षमा सबै लामो दूरीका ट्रेनहरूमा यस तकनीकलाई सामेल गरिनेछ। भारतीय रेलवेले अब नयाँ पीढ़ीको अमृत भारत 4.2 ट्रेनसेट र नयाँ जनरेशन पेसेन्जर लोकोमोटिवको विकासमाथि काम गरिरहेको छ, जसको लक्ष्य आगामी 36 महिनामा यसलाई लीकमा उतार्नु रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी