मतदाता प्रलोभनमा हुनेछ सख्ती, चुनाउ आयोगले दियो एजेन्सीहरूलाई कड़ा निर्देश
मतदाता प्रलोभनमा हुनेछ सख्ती, चुनाउ आयोगले दियो एजेन्सीहरूलाई कड़ा निर्देश


नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। चुनाउ आयोगले बिहार विधानसभा चुनाउ र देशका अन्य राज्यहरूमा हुने उपचुनाउहरूमा मतदाताहरूलाई प्रभावित गर्न पैसा, रक्सी, नशालु पदार्थ वा उपहार दिनु जस्ता गतिविधिहरूमाथि रोक लगाउन देशका एजेन्सीहरूलाई यसलाई रोक्नका लागि आदेश जारी गरेको छ।

आयोगले बतायो, यस सम्बन्धमा राज्यको सबै जाँच र प्रवर्तन एजेन्सीहरूलाई निर्देश जारी गरिएको छ ताकि मतदान प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी बनिरहोस्। आयोगले यसको निम्ति पुलिस विभाग, राज्य उत्पाद शुल्क विभाग, आयकर विभाग, फाइनेन्शियल इन्टेलिजेन्स यूनिट (एफआईयू-इंड), आरबीआई, राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी), राजस्व आसूचना निदेशालय (डीआरआई), केन्द्रिय र राज्य जीएसटी विभाग, सीमा शुल्क, प्रवर्तन निदेशालय (ईडी), नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी), रेलवे सुरक्षा बल (आरपीएफ), केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), सशस्त्र सीमा बल (एसएसबी), नागर विमानन सुरक्षा ब्यूरो (बीसीएएस), भारतीय विमानपत्तन प्राधिकरण (एएआई), डाक विभाग, राज्य वन विभाग र राज्य सहकारी विभागलाई निर्देशित गरेको छ।

आयोगले बतायो, चुनाउमा उम्मेदवारहरूको खर्चमाथि नजर राख्न व्यय पर्यवेक्षक अगावै नियुक्त गरिएको छ। यी अधिकारीले आ-आफ्नो निर्वाचन क्षेत्रहरूमा पुगेर उड़न दस्ताहरू, निगरानी टीमहरू र भीडियो निगरानी दलहरूको साथ तालमेलले काम गरिरहेका छन्। यी सबै एकाईहरूलाई 24 घण्टा सतर्क रहनु भनिएको छ ताकि कुनै प्रकारको पनि गड़बड़ी वा प्रलोभनका प्रयासहरूलाई समय रहँदै रोक्न सकियोस्।

चुनाउ आयोगले जफ्तीसित सम्बन्धित कारबाहीलाई पारदर्शी र त्वरित बनाउन यस पाली एक अनलाइन प्रणाली 'चुनाउ जफ्ती प्रबन्धन प्रणाली' (ईएसएमएस) पनि शुरू गरेको छ। यसको माध्यमले एजेन्सीहरूले जफत गरिएको नगदी, रक्सी, नशालु पदार्थ र अन्य सामग्रीहरूको जानकारी तुरनत् अनलाइन पठाइरहेका छऩ्।

उल्लेख्य, 06 अक्टोबर 2025 मा चुनाउहरूको घोषणा भएदेखि अहिलेसम्म विभिन्न प्रवर्तन एजेन्सीहरूद्वारा कूल 33.97 करोड़ रुपियाँको नगदी, रक्सी, ड्रग्स र उपहार जफत गरिसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande