चण्डीगढ़, 15 अक्टोबर (हि.स.)। हरियाणाका आईपीएस अधिकारी वाई पूरन कुमारको बुधवार 9औं दिन चण्डीगढ़ पीजीआईमा पोस्टमार्टम भयो। वाई पूरन कुमारले 07 अक्टोबरमा दिउँसो चण्डीगढ़को सेक्टर-11 स्थित आवासमा आफ्नो गनम्यानको सर्विस रिवाल्वरले गोली दागेर आत्महत्या गरेका थिए। तबदेखि उनको पोस्टमार्टम र अन्तिम संस्कारलाई लिएर लगातार गतिरोध बनेको थियो। बदलेको घटनाक्रममा वाई पूरन कुमारकी पत्नी आईएएस अधिकारी अमनीत पी कुमारले बुधवार बिहान हरियाणा सरकार र चण्डीगढ़ प्रशासनलाई चिट्ठी लेखेर भनिन्, संघ शासित क्षेत्र पुलिसद्वारा निष्पक्ष, पारदर्शी र निष्कलंक जाँच गरिने आश्वासन तथा हरियाणा सरकारद्वारा कानून मुताबिक दोषी अधिकारीहरू विरुद्ध उचित कारबाही गरिने प्रतिबद्धताको मध्यनजर मैले स्वर्गीय वाई. पूरन कुमार, आईपीएसको पोस्टमार्टमको अनुमति प्रदान गरेकी छु।
न्यायको हितमा र साक्ष्यहरूको दृष्टिले समयमा पोस्टमार्टम गरिने आवश्यकतालाई ध्यानमा राख्दै मैले सहमति दिएकी छु कि यो प्रक्रिया विधि अनुसार गठित चिकित्सक मण्डलद्वारा एक बैलिस्टिक विशेषज्ञको उपस्थितिमा, मजिस्ट्रेटको देखरेखमा तथा सम्पूर्ण वीडियोग्राफीको साथ गरियोस्, जसबाट पूर्ण पारदर्शिता सुनिश्चित हुनसकोस्। मलाई न्यायपालिका र पुलिस प्रशासनमाथि पूर्ण विश्वास छ तथा मेरो हार्दिक अपेक्षा छ कि जाँच पूरा व्यावसायिकता, निष्पक्षता र समयबद्ध ढंगले गरियोस् ताकि कानून अनुसार सत्य उजागर हुनसकोस्। न्यायको प्रक्रियालाई शीघ्र एवं उचित दिशामा अगाड़ी बढ़ाउनका लागि म जाँच दललाई पूर्ण सहयोग प्रदान गरिरहनेछु।
यसपछि चण्डीगढ़का उपायुक्त निशान्त यादव तथा वरिष्ठ पुलिस अधिकारी चण्डीगढ़ पुगे। अमनीत पी कुमारको उपस्थितिमा मेडिकल बोर्डद्वारा पूरन कुमारको पोस्टमार्टम गरियो। यस प्रक्रियामा मजिस्ट्रेट र फोरेन्सिक-बैलिस्टिक एक्सपर्ट पनि उपस्थित रहे औं पूरा प्रक्रियाको वीडियोग्राफी गराइयो।
हिन्दुस्थान समाचार / भवानी थामी