प्रचुर मात्रामा संदिग्ध ब्राउन शुगर जफत, 3 पक्राउ
शुगर


इम्फाल, 16 अक्टोबर (हि.स.)। नशालु पदार्थहरूको तस्करी विरूद्ध ठूलो सफलता हासिल गर्दै पुलिसले कांगपोकपीका पुलिस अधीक्षक अभिनवको देखरेखमा संयुक्त अभियानमा संदिग्ध ब्राउन शुगर भरेको 225 साबुनदानी जफत गऱ्यो, जसको ओजन साबुनदानी समेत 9.844 किलो थियो।

मणिपुर पुलिसले बिहिवार आधिकारिक रूपमा बतायो, यो अभियान गोप्य जानकारीको आधारमा शुरू गरिएको थियो। अतिरिक्त पुलिस अधीक्षकको नेतृत्वमा संयुक्त टीमले एसपी (एल एण्ड ओ) कांगपोकपी, एसडीपीओ कांगपोकपी, एसडीपीओ सपरमेना र ओसी कांगपोकपी पुलिस स्टेशनले 16औं असम राइफल्स र 112औं बटालियन सीआरपीएफका कर्मीहरूको साथ मिलेर गए मंगलवार लक्षित अभियान चलायो।

अभियानमा तीन जनालाई पक्राउ गरियो। जसको पहिचान एक दम्पत्ति, वेनेइचोंग लहुंगडिम र थोंगखोपाओ लहुंगडिम तथा थांगमिनलुन हाओकिपको रूपमा गरिएको छ। अधिकारीहरूले तस्करीमा प्रयोग गरिएको एक अल्टो कार, एक डीजल अटो र चार मोबाइल फोन पनि जफत गऱे। आरोपी अहिले हिरासतमा छन् र अवैध खेपको श्रोत र नेटवर्कको पत्तो लगाउन जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande