नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। कांग्रेसका पूर्व अध्यक्ष एवं लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतले रूसबाट तेल किन्नु बन्द गर्ने बयानमा प्रतिक्रिया दिएका छन्। यो बयानले भारतको विदेश नीतिमा प्रश्न तेर्साएको छ, उनले भने।
राहुलले एक्स पोस्टमा भनेका छन्, ट्रम्पले यो भन्ने अवसर कसरी पाए कि भारतले रूसबाट तेल किन्नेछैन। प्रधानमन्त्रीलाई कुन कुराको डर छ। वित्तमन्त्रीको अमेरिकी दौड़ाह किन स्थगित गरियो, भारतले किन शर्म-अल-शेख सम्मेलनमा भाग लिनदेखि दूरी बनायो र प्रधानमन्त्रीले किन ‘अपरेशन सिन्दूर’ मा ट्रम्पको बयानको विरोध गरिरहेका छैनन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधवार भनेका थिए, प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भरोसा दिलाएका छन् कि भारतले रूसबाट तेल किन्नु बन्द गर्नेछ। ट्रम्पले ओवल अफिसमा पत्रकारहरूलाई भने, भारतले रूसबाट तेल किन्दा उनी खुशी थिएनन् र प्रधानमन्त्रीले उनलाई आश्वस्त गरेका छन् कि यो प्रक्रिया छिट्टै पूरा गरिनेछ। मोदी उनका साथी हुन् र यस कदमले वैश्विक ऊर्जा सन्तुलनमाथि सकारात्मक प्रभाव पर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी