इटानगर, 16 अक्टोबर (हि.स.)। अरूणाचल प्रदेशको चांगलांग जिल्लामा भारत-म्यान्मार सीमावर्ती मनमाओ क्षेत्रको हटमान गाउँमा उपस्थित असम राइफल्स क्याम्प (कम्पनी अपरेटिङ बेस, सीओबी) मा एनएससीएन-केवाई (ए) ग्रुपका संदिग्ध हतियार बोकेका उग्रवादीहरूले हमला गरे। यस घटनामा दुई जवान राइफलम्यान हरिशरण र राइफलम्यान राहुल बोरा गोली लाग्दा घाइते भए। उनीहरूलाई अस्पतालमा भर्ती गराइएको छ।
घटनाको सम्बन्धमा आधिकारिक सूत्रले बतायो, यो आतङ्की हमला बिहिवार बिहान 2:30 देखि 3:00 बजीबीच भयो। घाइते हरिशरण र राहुल बोरालाई उत्तम उपचारको निम्ति आज बिहान 8:24 बजी असमको जोरहाटमा एयर फोर्स होस्पिटल नम्बर 5 मा शिफ्ट गरियो। अधिकारीले बताए, हमला गर्ने उग्रवादीहरूलाई समाउन सुरक्षाबलले पूरा क्षेत्रमा कम्बिङ अपरेशन शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी