कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा बलुवा तस्करी मामिलाहरूको जाँचमा प्रवर्तन निदेशालयले बिहिवार बिहान एक पल्ट फेरि ठूलो अभियान चलायो। ईडी अधिकारीहरूले बिहानै कोलकाता, झाड़ग्राम, आसनसोल समेत राज्यका कूल 7 ठाउँ एकसाथ छापा माऱ्यो। कोलकाताको बेन्टिङ स्ट्रीट, झाड़ग्रामको लालगढ़ र गोपीवल्लभपुर तथा आसनसोलको मुरगाशोल क्षेत्रमा ईडीको टीमहरू पुगेको बताइएको छ।
सूत्रहरू मुताबिक, यो कारबाही बलुवा तस्करीसित जोड़िएको वित्तीय लेनदेनको जाँच अन्तर्गत भइरहेको छ। गत महिना पनि ईडीले झाड़ग्रामको गोपीवल्लभपुर क्षेत्रमा शेख जहिरूल शेख नामक व्यक्तिको घरमा छापा मारेको थियो। स्थानीय मानिसहरूले बताएका थिए, जहिरूल पहिले ग्राम पुलिसमा कार्यकत थियो तर पछि नोकरी छोड़ेर बलुवाको कारोबार गर्नथाल्यो र हेर्दा हेर्दै उसको सम्पत्तिमा तीव्र वृद्धि भयो।
उक्त छापामारी भएको लगभग एक महिनापछि ईडीको यो नयाँ अभियान शुरू भएको छ। यो कारबाही राज्यमा जारी अवैध बलुवा कारोबारको गहराईसम्म जाँचसित जोड़िएको बताइँदैछ।
उल्लेख्य, हालमा ईडीले नगर निकायहरूमा भर्ती घोटालाको जाँचमा पनि सक्रियता देखाएको थियो। त्यस समय एजेन्सीले राज्यका मन्त्री सुजीत बसुको सल्टलेक स्थित कार्यालय सहित धेरै ठेगानाहरूमा छापा मारेको थियो।
राज्यमा ईडीको लगातार भइरहेको कारबाहीले राजनीतिक खेमामा हलचल मच्चेको छ। एजेन्सीको भऩाई छ, यो छापामारी केवल अवैध लेनदेन र मनी लन्ड्रिङको जाँच अन्तर्गत भइरहेको छ, जसमा धेरै कारोबारी र प्रभावशाली मानिसहरूको भूमिकाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी