गोरखपुर, 3 अक्टोबर (हि.स.)। विजयदशमीको पावन पर्वमा गए बिहीवार अपरान्ह गोरखनाथ मन्दिरमा गौरक्षपीठाधीश्वरको पारम्परिक तिलकोत्सव कार्यक्रम आयोजना गरियो। यस अवसरमा साधु-सन्तहरूले गौरक्षपीठाधीश्वर एवं मुख्यमन्त्री योगी आदित्यनाथलाई तिलक लगाएर प्रणाम गरे। पीठाधीश्वरले पनि उनीहरूलाई तिलक लगाएर आशीर्वाद प्रदान गरे।
त्यसपछि गृहस्थ श्रद्धालु अनि जनप्रतिनिधिहरूले पनि गौरक्षपीठाधीश्वरलाई प्रमाण गरी उनीबाट आशिष ग्रहण गरे। गौरक्षपाठीधीश्वरले सबैलाई विजय दशमीको शुभकामना सहित आशीर्वाद दिए। तिलकोत्सवमा सामेल सबै मानिसहरूलाई प्रसाद अनि प्रसादस्वरूप मन्दिरको शक्तिपीठको वेदीमा उत्पादित ज्वार दिइयो।
तिलकोत्सव कार्यक्रममा सबैभन्दा पहिला पीठसित जोड़िएका योगी, सन्त, पुजारी, पुरोहित आदिले मंगलपाठबीच गौरक्षपीठाधीश्वरलाई प्रणाम निवेदित गरी उनको आशीर्वाद एवं प्रसाद प्राप्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा