लातेहार, 3 अक्टोबर (हि.स.)। जिल्लाको मनिका थाना अन्तर्गत डिग्री कलेज नजिक एनएच-39मा शुक्रवार भएको सड़क दुर्घटनामा एकजना मोटरसाइकल सवार युवकको मृत्यु भयो। मृतक युवकको पहिचान कमल कुजूर (30)-को रूपमा भएको छ। कमल लातेहार जिल्लाको बरवाड़ीह निवासी रहेको बताइएको छ जो एक निजी स्कूलमा पीटी टिचरको रूपमा कार्यरत थिए।
भनिन्छ, शुक्रवार तिनी आफ्नो मोटरसाइकलमा सवार भई लातेहार तर्फ गइरहेका थिए। यसबीच डिग्री कलेज छेउबाट आइरहेको पिकअप वाहनसित उनको मोटरसाइकलको सोझो भिड़न्त भयो। यस दुर्घटनामा तिनी गम्भीर रूपमा घाइते भए। स्थानीय पुलिसको सहयोगमा तिनलाई मनिका अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि सदर अस्पतालमा रेफर गरियो। तर बाटोमै तिनको मृत्यु भयो। सदर अस्पताल पुगेपछि चिकित्सकहरूले जाँचमा तिनलाई मृत घोषित गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा