सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


पश्चिम मेदिनीपुर, 31 अक्टोबर (हि. स.)। जिल्लाको पिंगला थाना अन्तर्गत गोपीनाथपुर क्षेत्रमा गए बिहीवार साँझ भएको एक सड़क दुर्घटनामा एकजना नाबालिकको मृत्यु भयो भने अन्य दुईजना घाइते भए। घाइतेहरू दुवै नाबालिकका बहिनीहरू रहेको बताइएको छ। यिनीहरू सबैजना सबंग थाना क्षेत्रको डाडरा गाउँका निवासी हुन्।

पुलिस सूत्र अनुसार तीनजना दिदी-बहिनीहरू स्कुटीमा सवार भएर मेदिनीपुरदेखि सबंग तर्फ गइरहेका थिए। यसै क्रममा गोपीनाथपुर नजिक पुगेपछि अगाड़ि गुड़िरहेको बाइकले अचानक ब्रेक लगाउँदा उनीहरूको स्कुटी अनियन्त्रित भेर बाइकको पछिल्लो भागमा ठोक्कियो। त्यसपछि स्कुटी चिप्लिएर सड़कमा लड़्यो। यसै अवधि विपरीत दिशाबाट आइरहेको राशन लादिएको एउटा ट्रकको चपेटमा उक्त स्कुटी पऱ्यो। दुर्घटनामा 11 वर्षीय एकता खातूनको घटनास्थलमै मृत्यु भयो। घाइते दुवै दिदी-बहिनीहरूमध्ये एकजनालाई पिंगला ग्रामीण अस्पताल अनि दोस्रोलाई मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

यता घटनाको सूचना पाएर पिंगला थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले बतायो, दुर्घटनाग्रस्त ट्रक र त्यसको चालकको बारेमा पत्तो लगाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande