बिहार विधानसभा चुनाव तयारीलाई लिएर निर्वाचन आयोगको टोली दुई दिने पटना भ्रमणमा
बिहार विधानसभा चुनाव तयारीलाई लिएर निर्वाचन आयोगको टोली दुई दिने पटना भ्रमणमा


पटना, ४ अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाव–२०२५ को तयारीको जायजा लिन प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार, निर्वाचन आयुक्त विवेक जोशी र एस.एस. सन्धु सहितको निर्वाचन आयोगको टोली दुई दिने भ्रमण (४ र ५ अक्टोबर) का लागि पटना पुगेको छ। यस अवधिमा उनीहरूले विभिन्न राजनीतिक दलहरूसँग बैठक गर्नेछन्।

बैठकमा सहभागी हुन भाजप, जदयू, राजद, कांग्रेस लगायत प्रमुख दललाई आमन्त्रण गरिएको छ। तर मुकेश सहनीको भीआईपी, उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चा र जीतनराम माँझीको हिन्दुस्तानी आवाम मोर्चालाई निमन्त्रण दिइएको छैन।

मुख्य निर्वाचन आयुक्तको अध्यक्षतामा आज आयोगको टोलीले सबैभन्दा पहिले राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गर्नेछ र उनीहरूको सुझाव तथा अपेक्षाबारे छलफल गर्नेछ। त्यसपछि आयोगले बिहारका सबै प्रमण्डलीय आयुक्त, पुलिस महानिरीक्षक, सह–महानिरीक्षक, जिल्ला निर्वाचन पदाधिकारी तथा वरिष्ठ पुलिस अधिकृतहरूसँग बैठक गरी प्रशासनिक तथा कानुनी व्यवस्थासम्बन्धी तयारीको समीक्षा गर्नेछ।

५ अक्टोबरमा आयोगले नोडल अधिकृतहरूसँग बैठक गर्नेछ, जसमा चुनाव निष्पक्ष र पारदर्शी बनाउन आवश्यक तयारीबारे समीक्षा हुनेछ। सो दिन प्रमुख निर्वाचन आयुक्त र अन्य सदस्यहरूले राज्य पुलिस नोडल अधिकारी तथा केन्द्रिय सशस्त्र पुलिस बलका नोडल अधिकारीहरूसँग पनि बैठक गर्नेछन्।

उक्त दिनै पटना मै दिउँसो २ बजे आयोगले पत्रकार सम्मेलन गरी विधानसभा चुनाव तयारीसम्बन्धी निर्देशन र जानकारी दिनेछ। निर्वाचन आयोगको यस समीक्षा भ्रमणको उद्देश्य बिहार विधानसभा आम चुनाव–२०२५ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी ढंगले सम्पन्न गर्नु मुख्य लक्ष्य रहेको

बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande