प्रियंका गान्धीले वायनाड पुनर्वासका लागि फेरि केन्द्रसँग गरिन् अपील
प्रियंका गान्धीले वायनाड पुनर्वासका लागि फेरि केन्द्रसँग गरिन् अपील


नयाँ दिल्ली, ४ अक्टोबर (हि.स.)। कांग्रेस महासचिव तथा लोकसभा सांसद प्रियंका गान्धी वाड्राले केरलको वायनाडमा आएको भीषण प्राकृतिक विपत्तिपछि स्थानीय बासिन्दाको पुनर्वासका लागि फेरि केन्द्र सरकारसँग अपील गरेकी छन्।

वायनाडकी सांसद प्रियंकाले एक्स पोस्टमार्फत केन्द्रले उपलब्ध गराएको राहत रकम अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएकी छन्। उनले भनिन्, वायनाडका जनताले विनाशकारी त्रासदीको सामना गरेका छन्, जसका लागि करुणा, निष्पक्षता र तत्काल राहत आवश्यक थियो। केरल सरकारले पैह्रो र विपत्तिपछि क्षेत्रको पुनर्निर्माणका लागि २२२१ करोड रुपियाँको माग गरेको थियो, तर केन्द्र सरकारले मात्र २६० करोड रुपैयाँ स्वीकृत गर्‍यो, जुन वास्तविक आवश्यकताको सानो अंश मात्र हो।

प्रियंकाले भनिन्, जसले आफ्नो घर, जीविकोपार्जन र प्रियजन गुमाए, ती सबैले प्रधानमन्त्रीको यात्रापछि सार्थक सहयोगको आशा गरेका थिए, तर उनीहरूले बेवास्ता मात्र पाए। राहत र पुनर्वासलाई राजनीति भन्दा माथि राखिनुपर्छ। मानवीय पीडालाई राजनीतिक अवसरको रूपमा लिन सकिँदैन र वायनाडका जनता न्याय, सहयोग र सम्मानका हकदार छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande