गाजामा शान्ति प्रयासप्रति मोदीले ट्रम्पको प्रशंसा गरे
गाजामा शान्ति प्रयासप्रति मोदीले ट्रम्पको प्रशंसा गरे


नयाँ दिल्ली, ४ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गाजामा शान्ति स्थापना गर्ने प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशंसा गरेका छन्। उनले भने, बन्धकहरूको रिहाइबारे आएका संकेत हालका मानवीय र कूटनीतिक प्रयासतर्फको महत्वपूर्ण कदम हो।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै भने, “गाजामा शान्ति प्रयासमा भएको निर्णायक प्रगतिका लागि हामी राष्ट्रपति ट्रम्पको नेतृत्वलाई स्वागत गर्दछौं। बन्धकहरूको रिहाइका संकेतहरू एक महत्वपूर्ण कदम हुन्। भारतले स्थायी र न्यायसंगत शान्तितर्फ जाने सबै प्रयासलाई दृढतापूर्वक समर्थन गरिरहनेछ।”

प्रधानमन्त्री मोदीले थपे, भारत यस क्षेत्रमा दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्ने सबै सकारात्मक पहललाई समर्थन गर्न कटिबद्ध रहनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande