उज्जैनः क्रिकेटर शिखर धवनले गरे बाबा महाकालेश्वरको दर्शन
उज्जैनः क्रिकेटर शिखर धवनले गरे बाबा महाकालेश्वरको दर्शन


उज्जैन, 5 अक्टोबर (हि.स.)। मध्य प्रदेशको उज्जैनमा भारतीय क्रिकेट टीमका वरिष्ठ खेलाड़ी शिखर धवनले आइतवार प्रातःकालमा श्री महाकालेश्वर मन्दिरमा आयोजित भस्म आरतीमा सम्मिलित भएर भगवान श्री महाकालेश्वरको दर्शन गरी आशीर्वाद प्राप्त गरे। यस अवसरमा श्री महाकालेश्वर मन्दिर प्रबन्धन समितिको पक्षबाट सहायक प्रशासक आशिष फलवाडियाद्वारा उनलाई विधिवत सम्मान गरियो।

शिखर धवनले मीडियासित बातचित गर्दै भने, आज अभिभूत भएको छु। बाबा महाकालको कृपाले आज उनी आफ्नो करियारलाई यस अवस्थाम्म आइपुगेका छन्। उनैको आशीर्वाद हो। मनमा इच्छा भएपछि बाबा महाकालले बोलाउँछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande