खरसाङ, 6 अक्टूबर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति केन्द्रिय उपाध्यक्ष एवं खरसाङ महकुमाको कार्यकारी सचिव अनुप गदालले पद अनि पार्टीबाट राजीनामा दिएका छन्।
उनले आफ्नो राजीनामा पत्र युवा शक्ति केन्द्रिय अध्यक्ष अमृत योञ्जनलाई सम्बोधन गरेर पत्र लेखेका छन्। उनले आफूले सत्य बोल्दा उनको बोलीलाई रोक्ने प्रयास गरिएको अनि अनित थापामा आफूले चाहेजस्तो नेताको गुण नपाएकोले राजीनामा दिएको जनाएका छन्।
अनुप गदालले आफ्नोे राजीनामापछि एक भिडियो जारी गर्दै राजीनामाको कारण बताएका छन्। उनले भिडियोमा दुधे क्षेत्रमा भएको प्राकृतिक प्रकोपको समय सत्तामा रहेको पार्टीले केही गर्नु नसक्नु ठूलो बिडम्बना रहेको बताएका छन्। सत्तामा रहेर पनि केही गर्न नसक्नु र युवाहरुको लागि नयाँ काम गर्न नसकेपछि आफु यस पार्टीमा रहिरहने आवश्यकता नदेखेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक