सोनादा, 6 अक्टूबर (हि.स.)। अविरल वर्षाका कारण सोनादादेखि मुन्तिर मिलिङ बस्ती जाने रोड पूर्ण रुपमा बन्द भएको छ। रोड बन्द हुँदा यस क्षेत्रका जनतालाई यातायातमा धेरै असुविधा भइरहेको थियो। स्थानीयहरुको उक्त असुविधालाई ध्यानमा राखेर सोनादा पुलिस आउट पोष्टकि प्रभारी योगेस ठकुरीको पहलमा जेसीबीको व्यवस्था गरेर बन्द रहेको रोड खोलाउन कार्य गरिएको जानकारी प्राप्त भएको छ। सोनादा पुलिस अनि टिमको उक्त सराहनीय कार्यको लागि स्थानीयहरुले धन्यवाद दिएका छन्।
यो रोड भएर प्रसिद्ध पर्यटकीय स्थल इन्द्रेणी फल्स जाने गरिन्छ। यसका साथै यस क्षेत्रमा रोड बन्द हुँदा 4 जना पर्यटकहरु फँसेका थिए। सोनादा पुलिस आउट पोष्टका प्रभारी ठकुरीको सहयोग र पहलमा गाडीको व्यवस्था गरेर पर्यटक पठाउने कार्य गरिएको जानकारी प्राप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक