प्राकृतिक प्रकोपको‌ निरीक्षण गर्न दुधे आइपुगे राज्यपाल सीबी आनन्द बोस
Governor


खरसाङ, 6 अक्टूबर (हि.स.)। आइतबार रातभरि परेको अविरल वर्षाले खरसाङ खण्ड अन्तर्गत दुधेको अत्यन्तै पुरानो एवम् ब्रिटिशकालीन फलामे पुललाई भत्काउनुका साथै स्थानीय केही घरहरू, दोकान तथा खेतीजन्य जमीनहरू बगाइदिएको घटनालाई निरीक्षण गर्न र समस्याको अतिशीघ्र समाधान गर्न अहिले खरसाङ खण्ड अन्तर्गत दुधेमा सबै तह अनि तप्काका मानिसहरू आइरहेका छन्। यसै क्रममा सोमबार पश्चिम बंगाल राज्यका राजायपाल सीबी आनन्द बोस लगायत प्रशासनका उच्च अधिकारीहरू आएका थिए।

प्रतिनिधिहरूले घटनाप्रति दुःख प्रकट गर्दै अतिशीघ्र समस्याको समाधान गर्ने आश्वासन दिएका छन्। राज्यपाल सीबी आनन्द बोसले जति पनि यस घटनामा पीडित बनेका छन्, उनीहरूसँग सोझो सम्पर्क गरिरहेको जनाउँदै उनीहरूलाई प्रदान गरिने सबै प्रकारको सहयोग पुर्‍याउन हरसम्भव प्रयास भइरहेको जनाए। राज्यपालसित राज्यसभा सांसद हर्षवर्ध्दन श्रृंङ्गला पनि उपस्थित रहेका थिए।

राज्यपाल लगायत दुधेको वर्तमान अवस्थाबारे जानकारी लिन दार्जिलिङ जिल्ला प्रशासन विभागका उच्च अधिकारीहरू, खरसाङ महकुमा अधिकारी, खरसाङ खण्ड विकास अधिकारी लगायत विभागीय अधिकारीहरू सबै उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande