कश्मीर उपत्याकामा पुगे भारतभरिका युवा फुटबल खेलाड़ीहरूलाई मुख्यमन्त्री उमरले गरे स्वागत
कश्मीर उपत्याकामा पुगे भारतभरिका युवा फुटबल खेलाड़ीहरूलाई मुख्यमन्त्री उमरले गरे स्वागत


श्रीनगर, 06 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले सोमवार राष्ट्रिय स्कूल खेल (अण्डर 19 फुटबल टुर्नामेन्ट)-मा भाग लिनका लागि उपत्याकामा आएका भारतभरिका युवा फुटबल खेलाड़ीहरूलाई स्वाग गरे। प्रतिकूल मौसममा पनि उनीहरूलाई पूर्ण समर्थन दिने आश्वासन दिए।

उमरले प्रतिभागीहरूलाई सम्बोधन गर्दै भने, मौसमले मलाई लामो भाषण दिने र पानीझरीमा तपाईहरूलाई उभ्याएर राख्ने अनुमति दिँदैन। मौसम हाम्रो साथमा छैन। तरम म आफ्नो, आफ्नो सहयोगी तथा जम्मू-कश्मीरका मानिसहरूको पक्षबाट देशका कना-कुनाबाट सबै खेलाड़ीहरू र उनीहरूको टीमलाई स्वागत गर्छु। उनले खेलाड़ीहरूसित खेल भावना र उत्साहको साथमा प्रतिस्पर्धा गर्ने आग्रह गर्दै आशा व्यक्त गरे, तपाईहरू यस टोर्नामेन्टमा जोश र उत्साहपर्वक खेल्नुहोस्।

मुख्यमन्त्रीले चिसोको कारणले कुनै पनि टीमलाई हुने समस्याको लागि तत्काल मद्दत गर्ने आश्वासन पनिदिए। उनले भने, यदि तपाईहरूमध्ये कसैले न्यानो कपड़ाको प्रबन्ध गर्नु भएको छैन भने वा मौसमको कारणले कुनै पनि समस्याको सामना गरिरहनु भएको छ भने कृपया हामीलाई भन्नुहोस्। हामी पूर्ण व्यवस्था गरिदिनेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande