सड़क दुर्घटनामा मृत्यु, आक्रोशित ग्रामीणहरूले गरे सड़क जाम
सड़क दुर्घटनामा मृत्यु, आक्रोशित ग्रामीणहरूले गरे सड़क जाम


पश्चिमी सिंहभूम, 6 अक्टोबर (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको कराइकेला बजारमा गए आइतवार राती भएको सड़क दुर्घटनामा झारखण्डका नाक नामक व्यक्तिको मृत्यु भयो। यस घटनाको कारणले आक्रोशित ग्रामीणहरूले सोमवार बिहान राँची-चाईबासा मुख्य मार्ग (एनएच-75ई)-लाई कराइकेला थाना छेउमा जाम गरिदिए।

ग्रामीणहरूको भनाइ छ, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् अनि घटनाको लागि जिम्मेवार वाहन चालकलाई तत्कालै पक्राउ गरियोस्। उनीहरूको आरोप छ, क्षेत्रमा लगातार सड़क दुर्घटना बढ़िरहेको छ, तर प्रशासनले कुनै ठोस कदम चालेको छैन।

सड़क जाम गरिएको कारणले राँची-चाईबासा मार्गमा यातायात पूर्ण रूपले ठप्प भयो। सड़कको दुवैतिर वाहनहरूको लामो लस्कर लागेको छ। ग्रामीणहरूले स्पष्ट रूपमा भनेका छन्, सम्पूर्ण माग पूरा नहुञ्जेलसम्म उनीहरू डटिरहनेछन्।

घटनाको सूचना पाउनसाथ कराइकेला थाना प्रभारी अंकित कुमार दलबलसितै घटनास्थलमा पुगे अनि ग्रामीणहरूलाई सम्झाउने प्रयास गरे। तर प्रदर्शनकारीहरू आफ्नो मागमा अडिग बसेका छन्। पुलिस प्रशासनले स्थितिलाई नियन्त्रण गर्न तथा मार्गलाई खोलाउने प्रयासमा जुटेको छ, तर सफलता भने प्राप्त भएको छैन। यो समाचार लेखुञ्जेलसम्म सड़क जामै थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande