पश्चिम मेदिनीपुर, 6 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको गड़बेता क्षेत्रमा गए आइतवार परेको मुसलधारे पानीले जनजीवन अस्त-्व्यस्त भएको छ। लगभग तीन घण्टासम्म परेको पानीले सम्पूर्ण क्षेत्रलाई जलमग्न बनाइदिएको छ। यहाँसम्म कि गड़बेता ग्रामीण अस्पताल पनि पानी डुबेको छ जसले गर्दा अस्पताल प्रशासन अनि रोगीहरूलाई ठूलो समस्या भइरहेको छ।
स्थानीय मानिसहरू अनुसार वर्षा तीव्र थियो। यसलाई बादल फाटेको जस्तै स्थिति बताइँदैछ। अपरान्हदेखि शुरू भएको वर्षाले कतिपय क्षेत्रहरूलाई जलमग्न बनाइदिएको थियो। अस्पतालको पनि दुई वटा वार्ड पानीमा डुबेको थियो।
जिल्ला मुख्य स्वास्थ्य अधिकारी सौम्यशंकर सरंगीले बताए, “लगातार तीन घण्टासम्म भएको तीव्र वर्षाले यस्तो स्थिति भयो। पानी अस्पतालको दुई वटा वार्डमा पसेको थियो। यद्यपि अबेर रातीसम्ममा पानीलाई निकालेर वार्डहरूलाई पूर्ण रूपमा सफा गरी जैविक कीटनाशकले सेनिटाइज गरियो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा