झाड़ग्राम, 6 अक्तोबर (हि.स.)। पश्चिम बंगालको झाड़ग्राम जिल्ला अधिनस्थ सांकराइल ब्लकमा भएको बहुचर्चित जमीन जालझेल मामिलामा पुलिसले थप दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले निरन्तर विशेष अभियान संचालन गरी जुगिशोल गाउँबाट अनिल महतो र बाकड़ा गाउँबाट रूद्रनायारण महतोलाई हिरासतमा लियो। गए आइतवार दुवैलाई अदालतमा पेश गरियो।
पुलिस सूत्र अनुसार यी दुवै आरापो लामो समयदेखिकै जमीन जालझेल गिरोहसित जोड़िएका थिए। आरोप छ, यिनीहरूले नक्कली कागज बनाएर व्यापक मात्रामा जमीनको रेजिस्ट्री गराए अनि यसलाई बेच्नमा सक्रिय भूमिका निभाए।
यसअघि खड़गपुरको गोकुलपुर क्षेत्रबाट गिरोहको टाउको सुजित कुंगर र उसको सहयोगी सौरभ महतो, चिराकुटी गाउँको शुकरञ्जन महतो, झाड़ग्राम शहरको बाछुड़डोबाको देबांशु पहाड़ी अनि नक्कली दस्तावेजका मुख्य कारिगर सञ्जय दासलाई पुलिसले पक्राउ गरिसकेको छ।
जाँचमा थाहा लागे अनुसार गिरोहले संकराइल ब्लकको बाकड़ा क्षेत्रमा लगभग 125 परिवारको लगभग 400 एकर जमीनलाई नक्कली दस्तावेजको आधारमा अन्यको नाममा रेजिस्ट्रर गरिदिएको थियो। यो घोटाला लामो समयदेेखिकै हुँदै आएको थियो।
घटनाको खुलासा भएपछि गाउँमा खैलाबैला भयो। आक्रोशित ग्रामीणहरूले जिल्ला रेजिस्ट्रर कार्यालय अनि जिल्ला शासक कार्यालय बाहिर प्रदर्शन गरे। ग्रामीणहरूले छलकपट गरेर हत्याएको जमीनलाई फर्काइयोस् अनि दोषीहरूलाई कड़ा सजाय दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा