पूर्वी सिंहभूम, 6 अक्टोबर (हि.स.)। लद्दाखका पर्यावरणविद् औ सामाजिक कार्यकर्ता सोनम वांगचुकको पक्राउको विरोधमा सोमवार झारखण्डी समाजको ब्यानरमा जमशेदपुरमा भेला भएर जन प्रदर्शन गरियो। यो प्रदर्शन लद्दाखमा छैटौं अनुसूचीको प्रावधान, राज्यको दर्जा औ युवाहरूको लागि स्थायी रोजगारकको समर्थनमा आयोजना गरिएको हो। प्रदर्शनकारीहरूले उपायुक्त कार्यालय, पूर्वी सिंहभूम समक्ष एकत्र भएर नाराबाजी गरे अनि केन्द्र सरकारसित लद्दाखका मानिसहरूको आवाजलाई सुन्ने अपील गरे।
प्रदर्शन अवधि वक्ताहरूले भने, लद्दाखका जनता कैयौं वर्षदेखिको आफ्नो संवैधानिक अधिकार तथा पहिचानको रक्षाको लागि संघर्षरत् छन्। उनीहरूले भने, छैटौं अनुसूचीको दर्जा लद्दाखको सांस्कृतिक, सामाजिक औ पर्यावरणीय अस्मिताको सुरक्षाको लागि आवश्यक छ। त्यहाँ बेरोजगार युवाहरूको लागि रोजगारको ग्यारण्टी तथा राज्यको दर्जा दिनु समयको माग हो।
झारखण्डी समाजका प्रतिनिधिहरूले पर्यावरणविद् सोनम वांगचुकको पक्राउ अनि लेहमा शान्तिपूर्ण ढंगमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूाथि पुलिसद्वारा गरिएको अत्याचारको चर्को निन्दा गरे।
यस अवसरमा उपस्थित प्रतिनिधिहरूले उपायुक्त,पूर्वी सिंहभूमलाई ज्ञापन सुम्पिए। ज्ञापनमा भनिएको छ, लद्दाखका जनताको माग पूर्ण रूपले वैधानिक र संवैधानिक छ। केन्द्र सरकारले लद्दाखका प्रतिनिधिहरूसित तत्काल सम्पाद गरेर उनीहरूको समस्याको न्यायपूर्ण समाधान गर्न आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा