मोबाइलको लतले लियो ज्यान, नाबालिक छात्रले गऱ्यो आत्महत्या
मोबाइलको लतले लियो ज्यान, नाबालिक छात्रले गऱ्यो आत्महत्या


मेदिनीपुर, 6 अक्टोबर (हि.स.) मोबाइलको लत कुनै नशाभन्दा कम होइन। पश्चिम मेदिनीपुर जिल्लाको सबंग ब्लकमा आइतवार गटित एक पीड़ादायी घटनाले यसै यथार्थलाई उजागार गरेको छ। मोबाइल फोनको लतले हैरान एकजना 16 वर्षीय छात्रले कथित रूपमा कीटनाशक औषधि आएर आफ्नो जीवनलीलालाई नै समाप्त गऱ्यो। मृत छात्रको नाम बद्धदेव मण्डल रहेको छ।

घटना सबंग ब्लकको बड़चाहरा क्षेत्रमा भएको हो। भनिन्छ, बुद्धदेव सबंगको चाँतकुड़ी यूनियन हाई स्कूलको दशौं कक्षाका छात्र थिए। केही महिनादेखिको उसले मोबाइलमा धेरैभन्दा धेरै समय व्यतित गर्न थालेको थियो। परिवारले बारम्बार सम्झाउँदा पनि पढ़्न छोड़ेर फोनमा डुबिरहन्थ्यो।

स्थानीय मानिसहरूले बताए, गत शनिवार साँझ आमा-बुवाले उसलाई मोबाइल छोड़ेर पढ़्नभन्दा घरमा भनाबैरी भयो। आक्रोशमा आएर बुद्धदेव कीटनाशक औषधिको बोतल लिएर कतै गयो। उसले भन्यो, “अब म मर्छु।” परिवारले पहिला यसलाई उसको असन्तुष्टि बताएर बेवास्ता गऱ्यो, तर अबेर रातीसम्म पनि घरमा नआउँदा उसलाई चारैतिर खोजियो।

गए आइतवार घर अगाड़ि सकड़मा राखिएको ट्रकभित्र उसको शव भेटियो। उसलाई तत्कालै सबंग ग्रामीण अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले मृत घोषित गरिदिए।

लक्ष्मी पूजापूर्व भएको यस दःखदायी घटनाले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर उपमण्डल अस्पतालमा पठाइदिएको छ र एक अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande