खूँटी, 6 अक्टोबर (हि.स.)। अड़की थाना क्षेत्रको कोरवा गाउंस्थित घटवाड़ा टोलेमा गए आइतवार अबेर राती सुगना लोहराले आफ्नो ठूलो बुवा (पिताको दाज्यु) गनसा लोहरा
(50)-ले टांगीले काटेर हत्या गरिदियो। घटनापछि आरोपी भाग्यो। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको अड़की थाना प्रभारी प्रवीण तिवारी अनि टीमले शवलाई पोस्टमर्टम गर्नको लागिा सदर अस्पतालमा पठाइदिएको छ। पुलिसले हत्यामा प्रयोग गरेको टांगलाई चोपा लोहराको घरबाट जफत गरेको छ। पुलिसले आरोपीलाई पक्राउ गर्नको लागि छापामारी गरिरहेको छ।
बिहान लगभग साढ़े चार बजे गाउँका मानिसहरू घटनास्थलमै भेला भए अनि बजारटांग बैठक गरेर पुलिसलाई घटनाको सूचना दिइयो।मृतकको भाआइ चोपा लोहरा र छोराहरूले बताे, हत्या चोपा लोहराको छोरा सुगना लोहराले गरेको हो। तथापि हत्याको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
एसपी मनीष टोप्पोले घटनाको पुष्टि गर्दै भने, हत्या चोपा लोहराको छोरा सुगना लोहरा गरेको हो। उसलाई पक्राउ गर्नको लागि छापामारी जारी छ। चाँड़ै नै आरोपीलाई पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा