गेजिङ, 06 अक्टोबर (हि.स.)। दशैंको हप्ताव्यापी छुट्टीपछि सोमवारदेखि सबै सरकारी कार्यालयहरूमा कामकाज शुरू भएको छ। गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपाले आज पहिलो दिन गेजिङ जिल्ला अन्तर्गत विभिन्न सरकारी कार्यालयहरूको निरीक्षण भ्रमण गरे। निरीक्षणको उद्देश्य दशैंको छुट्टीपछि कार्यालयहरूमा कामकाज, कर्मचारीहरूको उपस्थिति र समयनिष्ठता सुनिश्चित गर्नु रहेको थियो।
भ्रमणको क्रममा जिल्लापालले अधिकारीहरू र कर्मचारीहरूसॅंग अन्तरक्रिया गरेका थिए। उनले अनुशासन र समयनिष्ठताको महत्वमाथि प्रकाश पार्दै सार्वजनिक सेवाहरू प्रदान गर्न सक्रिय दृष्टिकोण अपनाउन जोड दिए। उनले सबै विभागहरूलाई आधिकारिक काम सुचारु रूपमा पुनः सुरु गर्न र प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फ आफ्नो प्रयास जारी राख्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल