हमीरपुरमा बूढ़ी बोज्यूको हत्यामा नाति पक्राउ
हमीरपुरमा बूढ़ी बोज्यूको हत्यामा नाति पक्राउ


हमीरपुर, 06 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको हमीरपुर जिल्लाको कुरारा थाना क्षेत्रमा एक नृशंस हत्याको मामिला अघि आएको छ। यहाँ अबेर राति रक्सीको निम्ति पैसा नदिँदा नातिले आफ्नै 70 वर्षीय बोज्यूको डन्डाले कुटेरै हत्या गऱ्यो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर आरोपी नातिलाई पक्राउ गरेको छ। पुलिसले सोमवार शवको पोस्टमार्टम गराउने कारबाही शुरू गरेको छ।

घटना कस्बा कुराराको वार्ड नम्बर 11 को हो। यहाँ स्व. धर्मदास अहिरवारकी पत्नी आशा रानी (70) आफ्नो परिवारको साथ बस्थिन्। आइतवार अबेर राति उनको नाति विशाल रक्सीको निम्ति पैसा माग्न पुगेको थियो। बोज्यूले पैसा नदिएपछि उ भड्क्यो र बोज्यूको कपाल समातेर दैलोको चौखटमा लड़ायो र फेरि डन्डाले अन्धाधुन्ध प्रहार गर्नथाल्यो। गम्भीर चोट लागेर बोज्यूको घटनास्थलमै मृत्यु भयो। बोज्यूको चित्कार सुनेर परिजन र छिमेकी घटनास्थलमा पुग्दा विशाल त्यहाँबाट भाग्न थाल्यो। तर मानिसहरूको सूचनामा लगभग 1 बजी पुगेको पुलिसले उलाई हिरासतमा लियो।

आरोपीले भित्रबाट ताला बन्द गरेर छप्परमा चढ्यो र पुलिसलाई धम्काउँदै यदि पुलिसले उलाई समात्ने प्रयास गरे, आफूले छप्परबाट हाम फाल्ने भन्यो। एक घण्टाको अथक प्रयासपछि पुलिसले आरोपीलाई पक्राउ गरी थाना लगेर गयो।

थाना प्रभारी रामआसरे सरोजले बताए, मृतकाको एकमात्र छोरा अमर सिंह हो। नाति विशालसे रक्सीको निम्ति पैसा नदिँदा बोज्यूको हत्या गरेको हो। आरोपीलाई पक्राउ गरिएको छ। शिकायतको आधारमा मामिला दर्ता गरी विधिक कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande