- जनताको लागि लाइफलाइन रहेको यो पुल बनिन आवश्यक छ: हर्षवर्धन श्रृङ्गला
खरसाङ, 06 अक्टोबर (हि.स.)। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले आज दुधेको भत्किएको पुलको निरीक्षण गर्नुका साथै दुधे क्षेत्रका बाढ पीडितहरुसित बातचीत पनि गरेका छन्। उनले यस अवधि दुधेको पुल चाँडै निर्माण गर्न आवश्यक रहेको जनाउँदै यसको निम्ति भारतीय सेनाका उच्च अधिकारीहरूसँग सम्पर्क स्थापित गरिरहेको जनाए।
राज्यसभा सांसद हर्षवर्धन श्रृंखलाले यहाँ अस्थायी रुपमा बेली ब्रिज बनिन आवश्यक रहेको बताउँदै यस पुल निर्माणको लागि चॉंडै कार्य शुरु हुने आश्वासन दिएका छन्। उनले यो पुल यस क्षेत्रका जनताको लागि लाइफलाइन रहेको बताउॅंदै यो पुल बनिन आवश्यक रहेको बताए। उनले यसावधि दुधे क्षेत्रका बाढ पीडितहरुसित पनि बातचीत गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक