नगरोटामा जफत गरिएको एक किलो चरस मामिलामा तेस्रो आरोपी पक्राउ
नगरोटामा जफत गरिएको एक किलो चरस मामिलामा तेस्रो आरोपी पक्राउ


धर्मशाला, 06 अक्टोबर (हि.स.)। जिल्ला कांगड़ा पुलिसको विशेष टीमद्वारा गत 03 अक्टोबरमा चरसको 1 किलो 6 ग्राम खेपको साथ दुई तस्कर पक्रा परेपछि पुलिसले यस मामिलामा एक अन्य आरोपीलाई पनि पक्राउ गरेको छ। नगरोटा पुलिसले मामिलाको जाँच र आरोपीहरूसित कड़ा सोधपुछपछि त्वरित कारबाही गर्दै तेस्रो आरोपी विजय कुमार (29) निवासी गाउँ र डाकघर चलवाड़ा तहसील ज्वाली जिल्ला कांगड़ा, लाई पक्राउ गरेको छ। यस मामिलामा अब तीन नशा तस्कर पक्रा परिसकेका छन्।

एसपी कांगड़ा अशोक रत्नले बताए, मामिलाको गहन जाँच, तकनीकी विश्लेषण एवं ठोस साक्ष्यहरूको आधारमा थाहा लागेको छ कि पहिले पक्रा परेको आऱोपी रकीलाई उसको सालो गौरव (निवासी ज्वाली) ले पैसा दिएर उसको साथी हरीश कुमार उर्फ बिट्टूको साथ चरस किनेर ल्याउनका लागि प्रयोग गर्थ्यो। पुलिसले उक्त आरोपीलाई पनि पक्राउ गरी अग्रिम कारबाही गरेको छ। उक्त आरोपी कुख्यात तस्कर हो र उ विरूद्ध अन्य तीन मामिला पनि दर्ता छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande